काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिक देखी सामान्य बदली रहने छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० साउन ३ बुधवार ०७:१८ मा प्रकाशित






























