back
CTIZAN AD

नेपाल–भारत कृषि मन्त्रीस्तरीय बैठक : लम्की स्किन नियन्त्रणमा सहकार्य गर्ने सहमति

वि.सं.२०८० साउन ४ बिहीवार

840 

shares

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसँग भेटघाट गरेका छन् । नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले भारतका कृषि एवम् किसान कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासँग बुधबार भेटघाट गरेका हुन् ।

दुबै मन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यातदेखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत विषयमा महत्वपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए ।

भारतका कृषि मन्त्री तोमरसँगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालले आग्रह गरेका थिए ।

जवाफमा भारतीय कृषिमन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका किवी, ड्रायगन, एभोगाडो लगायतका फलफूल निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए ।

यस्तै पशुपालनमन्त्री रुपालासँग को भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । भारतीय मन्त्रीले भारतसँग जोडिएका नेपालका जिल्लामा लम्पी स्किनको निशुल्क भ्यासिनेसन गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारतीय पशुपालन मन्त्री रुपालाले नेपालमा पश्मिना प्रबद्र्धनका लागि भारतको लद्दाकका हाइब्रिड च्याङ्रग्रा उपलब्ध गराउने बताएका छन् भने गाईको नश्ल सुधारका लागि साइवा गाईको साढे उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रीका प्रेस संयोजक अनुरागीले बताए । भारत भ्रमणमा मन्त्री भुसालसँगै मन्त्रालयका सचिव डा. दिपक खराल, मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई छन् ।

वि.सं.२०८० साउन ४ बिहीवार १२:११ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...