back
CTIZAN AD

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

वि.सं.२०८० साउन १० बुधवार

663 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ ।

कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

“यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले भने । छलफललाई व्यवस्थित गर्ने, सामूहिक छलफल गर्ने कि छुट्टाछुट्टै धारणा राख्ने भन्नेबारे बैठकमा कुराकानी भएको उनको भनाइ थियो।

आजको बैठकमा केन्द्रीय समितिको बैठकको ‘एजेन्डा’ बारेमा कुनै छलफल नभएको सचिव उपाध्यायले जानकारी दिए । उनले इटाली भ्रमणमा रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि बस्ने बैठकले एजेण्डा तय गर्ने बताए ।

“प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष स्वदेश फर्किएपछि यही साउन १३ गते बस्ने पदाधिकारी बैठकले एजेन्डा तय गर्छ”, सचिव उपाध्यायले भन्नुभयो । माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँमा बस्दैछ ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ । केन्द्रीय समिति बैठकको तयारीस्वरुप आजै अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए ।

 

वि.सं.२०८० साउन १० बुधवार १३:३५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...