back
CTIZAN AD

आर्थिक क्रियाकलाप ठप्प भएपछि क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

वि.सं.२०८० साउन १० बुधवार

645 

shares
चितवन । भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा विजयराज न्यौपानेलाई अधिकार दिइएको हो ।
अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा न्यौपानेलाई दिएको हो । अध्यक्ष डा न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा न्यौपानेले भने, “अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”
समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो ।
सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एकजना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।
सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ । मनोनीत चिकित्सक सदस्य मध्येबाट एक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ ।
अस्पतालको कार्यकारी निर्देशकका लागि प्रतिस्पर्धामा अस्पतालमा कार्यरत डा शिवजी पौडेल, डा विजय आचार्य र डा कृष्णसागर शर्मा रहेको जनाइएको छ ।

वि.सं.२०८० साउन १० बुधवार १४:३७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...