back
CTIZAN AD

बाँकेका किसानले उत्पादन गरेको महले बजार पाएन

वि.सं.२०८० साउन ११ बिहीवार

972 

shares

राँझा । बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताए ।

वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आउनुभएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाउनुभयो ।

“हामीले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, उनले भने, “उत्पादित महले बजार नपाउँदा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

जिल्लामा रैथाने मह उत्पादन, प्रवरद्धन र संरक्षणमा क्रियाशील अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेकोले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा जोड दिए ।

हाल बाँके जिल्लामा विभिन्न समूहमार्फत ५० किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा बाँकेमा जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिई मह उत्पादनमा सहजीकरण गर्दै आएका कारण उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका कृषि स्रोत व्यक्ति अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनिरहेको उल्लेख गरे ।

वि.सं.२०८० साउन ११ बिहीवार ०६:४३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...