back
CTIZAN AD

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’ अफर

वि.सं.२०८० साउन १५ सोमवार

1.4K 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । अब ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्छन् ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याकको समयावधि तीन दिन रहेको छ । यसको अर्थ ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरूका लागि यो डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ ।

हालै कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ । जसमा ग्राहकहरूले कर सहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

वि.सं.२०८० साउन १५ सोमवार १०:३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...