काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले क्यान महासंघ महासचिव चीरञ्जीवि अधिकारीलाई विज्ञका रूपमा मनोनित गरेको छ । कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणाली दर्ता सम्बन्धमा पेस भएका कागजात लगायत अध्ययन तथा प्रमाणीकरणका लागि महासचिव अधिकारीलाई विज्ञमा मनोनित गरेको हो ।
सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्ट लगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेस गरेका कागजात अध्ययन तथा प्रमाणीकरणमा अधिकारीले सहजीकरण गर्नेछन् ।
सूचना प्रविधि सम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यस सम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकार कानुनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए । साथै, आइटी क्षेत्रमा अनधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोग नियन्त्रण गर्न र सिर्जनाकर्ताको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे ।
वि.सं.२०८० साउन १६ मंगलवार ११:१६ मा प्रकाशित



























