काठमाडौं । सुनको भाउ एकैदिन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
मंगलबारको बजारमा १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबारको बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ र चाँदी प्रतितोला १४६० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० साउन १७ बुधवार १३:०४ मा प्रकाशित






























