काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच शनिबार टेलिफोन वार्ता भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासले शनिबार एक विज्ञप्ति जारी गरी प्रचण्ड र मोदीबीच दुवै देशको सहयोगको विभिन्न पक्ष तथा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भएका छलफलका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
दूतावासद्वारा जारी विज्ञप्तिमा टेलिफोन वार्ताले दुई देशबीच रहेको उच्चतहमा रहेको राजनीतिक समझदारीलाई निरन्तरता दिइएको समेत जनाइएको छ ।
Hon’ble Prime Minister Narendra Modi had a telephone conversation with the Rt. Hon’ble Mr. Pushpa Kamal Dahal ‘Prachanda’, Prime Minister of Nepal today.
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE— IndiaInNepal (@IndiaInNepal) August 5, 2023
वि.सं.२०८० साउन २१ आइतवार ०७:०९ मा प्रकाशित






























