back
CTIZAN AD

काठमाडौं ओर्लिएपछि माधवले भने– विदेशमै लुक्छ भनेपछि भ्रमण छोट्याएर फर्किएँ

वि.सं.२०८० साउन २९ सोमवार

1.1K 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफू युरोप भ्रमणमा रहँदा भागेको भन्ने प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। युरोप भ्रमणबाट सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै आफू भाग्ने खालको मान्छे नभएको पनि बताए।

पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालको भनाई छ ।

“केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्, नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ”, अध्यक्ष नेपालले भने, “कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।”

युरोप भ्रमणका जानु एक दिन अगाडि मात्रै सर्वोच्च अदालतले ललितानिवासको जग्गा प्रकरणको छानबिनका लागि आदेश दिएको नेपालको भनाई छ । राजाले गिरफ्तार गर्न खोज्दा समेत नभागेको उनको भनाई छ ।

आफूले कुनै बदमासी नगरेको पनि उनको भनाई छ । “मैले केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन”, उनले भनेका छन्, “कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन। तर अलिअलि चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो।”

अध्यक्ष नेपालले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन्।

“बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ”, उनले भनेका छन्, “बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।”

वि.सं.२०८० साउन २९ सोमवार १२:०२ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...