back

अस्थिरतामा प्रचण्ड रेकर्ड : आठ महिनामा १२ पटक मन्त्रिपरिषद् हेरफेर

वि.सं.२०८० साउन २९ सोमवार

192 

shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निकै अस्थिर देखिन्छ । पटक–पटक भएका मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेरले पनि उनी नेतृत्वको सरकारको अस्थिरता उजागर गर्दछ ।

२०७९ पुस ११ मा नेकपा (एमाले)सहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यो बीचमा १२ पटकसम्म मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित आठ दलले समर्थन गरेका थिए । तत्कालिन गठबन्धन रहेकै बखत पनि प्रचण्डले पुस ११, माघ ३, माघ १४, माघ २३ र फागुन १४ मा मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

सरकारमा सहभागि भएको ४२ दिनमै रास्वपा केही असन्तुष्टिसहित माघ २२मा बाहिरिएको थियो । रास्वपा बाहिरिएको २१ दिनमै फागुन १३ मा राप्रपा पनि सरकारबाट बाहिरिएको थियो । सत्ताका दुई साझेदार रास्वपा र राप्रपा बाहिरिएलगत्तै फागुन १५ मा एमाले पनि सरकारबाट बाहिरियो । यीबीचमै पाँच पटकसम्म मन्त्रिपरिषद् हेरफेर भएको थियो ।

एमाले बाहिरिएपछि फागुन १६ मा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई हेरफेर गरेका थिए ।

त्यसपश्चात सत्ता गठबन्धन परिवर्तन भयो । राष्ट्रपति निर्वाचनसँगै फेरिएको समिकरणअनुसार नेपाली कांग्रेससहितका दलहरु सत्तामा प्रवेश गरे । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेससहितका दश दलहरु चैत १७ मा प्रवेश गरेका थिए ।

कांग्रेससहितको समिकरण बनेपछि पनि प्रचण्डले चैत १७, २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा गरी छ पटकसम्म मन्त्रिपरिषद् हेरफेर गरेका छन् । सोमबार मात्रै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रको तर्फबाट मन्त्रि बनेका अमनलाल मोदीलाई फिर्ता बोलाउँदै जनमत पार्टीकी अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जिम्मेवारी सुम्पेका छन् । योसँगै प्रचण्डले १२औं पटक मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गरेका छन् ।

प्रधानमन्त्रीको रूपमा सपथ लिँदा प्रचण्डसँगै भएका नारायणकाजी श्रेष्ठबाहेक अन्य कुनै पनि मन्त्री हाल बहाल छैनन् । प्रचण्डसँगै सपथ लिएका नारायणकाजी भने अहिले गृहमन्त्रालयको जिम्मेवारीमा छन् । कांग्रेससहितका दलहरु सरकारमा प्रवेश गर्दै गर्दा श्रेष्ठलाई भौतिकबाट गृहमन्त्रालयको जिम्मेवारी दिइएको थियो । अन्य मन्त्रिहरु भने पछि थपिएका हुन् ।

वि.सं.२०८० साउन २९ सोमवार १३:१८ मा प्रकाशित

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...