back

कांग्रेस पूर्वकेन्द्रीय सदस्य न्यौपानेको निधन

वि.सं.२०८० भदौ १ शुक्रवार

300 

shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता न्यौपानेको ७२ वर्षको उमेरमा आज मध्यबानेश्वरस्थित आफ्नै निवासमा निधन भएको जानकारी दिए ।

स्व न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ । उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले बताए । स्व न्यौपानेको श्रीमती र दुई छोरा छन् ।

कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीनदिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने, भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने, र १३ औँ दिनमा सम्बन्धित दिनमा शोकसभा गर्ने जनाएको छ ।

न्यौपानको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ, उहाँको निधनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलन क्षति पुगेको छ”, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

 

वि.सं.२०८० भदौ १ शुक्रवार १४:५७ मा प्रकाशित

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

काठमाडौैँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा...

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...