back
CTIZAN AD

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन

वि.सं.२०८० भदौ २ शनिवार

993 

shares

दमौली । एक सातादेखि पहिराका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो ।

तनहुँको बन्दीपुर गाउँपालिका-६ आँपखोलमा गत साउन २६ गते पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएकामा गाउँपालिकाको सहयोगमा पहिरो हटाएर उक्त मार्ग सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको सहयोगमा उक्त ठाउँको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

स्थानीयवासी हर्कबहादुर थापाले पहिरो हटाएपछि यातायात सञ्चालनमा सहज भएको बताए । “पहिराका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, गाउँपालिकाले पहिरो हटाइदिएपछि यातायात चल्न थालेको छ ।”

उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकहरु दैनिक आवातजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका-१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रेको तयारी गरेको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन-नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वी राजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ २ शनिवार २२:२५ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...