back
CTIZAN AD

स्वर्गीय गिरि कोइरालापछिकै विद्वान समाजवादी चिन्तक-सभापति देउवा

वि.सं.२०८० भदौ ४ सोमवार

954 

shares

पाटन(ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आयोजित स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै सभापति देउवाले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन् ।

“उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भने, गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उनले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे ।

महामन्त्री गगनकुमार थापाले गिरि इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको बताए । “प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन”, उनले भने, “प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो, उहाँका कुरा सुन्दा पाँच/छ घण्टा बितेको पत्तै हुदैनथ्यो, उहाँले धेरै कुरा लेख्नुभएको छ, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौं । ”

महामन्त्री थापाले स्वर्गीय गिरि नाशवान पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभइ नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरुमा समेत असहमति राख्ने नेता थिए भन्ने धारणा राखे । गिरिकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उनले नेताहरुको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्तावेज कम प्रकाशन भएको धारणा राखे ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्वर्गीय गिरि समाजवादी विचारलाई प्रष्ट्याउन सक्ने सबै विषयको अध्ययन गर्ने व्यक्तित्व भएको बताए । उनले गिरि नेपालको समाजवादी आन्दोलनमा जीवितै रहनुहुने धारणा राखे । उनले गिरिले पदलाई महत्व नदिएको जनाउँदै भने, “म मन्त्री बन्न राजनीतिमा आएको होइन, परिवर्तन गर्न चाहान्छु भन्नुहुन्थ्यो ।”

कांग्रेस ललितपुरका जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले स्वर्गीय गिरि पार्टीले मात्रै नभइ सबैले सम्झने सम्मानित व्यक्तित्व भएको धारणा राखे । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्वर्गीय गिरिको सादगी र दार्शनिक जीवनीलाई पाठ्यक्रममा समेट्ने प्रयास गर्ने बताउँदै उनको सम्झनामा हरेक हप्ता बहस चलाउने धारणा राखे ।

स्वर्गीय गिरिका धर्मपत्नी भारती सिलवालले उनको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको बताइन् । स्वर्गीय गिरिले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गरिन् ।

वि.सं.२०८० भदौ ४ सोमवार १६:०१ मा प्रकाशित

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...