back
CTIZAN AD

बाल सुधार गृहमा प्रहरी र बन्दीबीच भएको झडपमा २९ जना घाइते

वि.सं.२०८० भदौ ५ मंगलवार

1.1K 

shares
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताए । घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ । काठमाडौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
घटनामा थिमि वृत्तका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठको दाहिने नली खुट्टामा चोट लागेको, प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, वरिष्ठ प्रहरी हवल्दार बेलकुमारी बुढाथोकी, प्रहरी हवल्दार सूर्य बस्नेत, हवल्दार ३८ वर्षीय श्यामसुन्दर ठाकुर, प्रहरी जवान पुनम टमाटा, प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजाको भक्तपुर अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
यसैगरी सशस्त्र प्रहरी बलतर्फ घाइते भएका वरिष्ठ प्रहरी हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दार माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवान राम प्रवेश सिंह, उमेशकुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ ।
त्यस्तै बाल बन्दीतर्फ घाइते हुनेमा १८ वर्षीय साहिनी गोपाली, २२ वर्षीय दिले परियार, २१ वर्षीय विश्वास गपाली, २२ वर्षीय अर्जुन नेपाली, १८ वर्षीय सन्देश खत्री, २० वर्षीय दिनेश पुनमगर, २२ वर्षीय विशाल पाण्डे, १८ वर्षीय शङ्कर घर्ती, २२ वर्षीय उमेश कार्की, २० वर्षीय सञ्जिव तामाङ रहेका छन् । घाइतेमध्ये घर्तीको वीर अस्पतालको ट्रमा सेन्टरमा र अन्यको नागरिक अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, मध्यपुर अस्पताललगायत उपचार भइरहेको छ ।
त्यसैगरि सुधार गृहको गेट तोडेर बाहिर निस्कने क्रममा बाल बन्दीले विभिन्न सामान तोडफोड गरी क्षति पु¥याएका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार बालसुधार गृह कार्यालय को १ नं को पोष्टमा रहेको कुर्ची, टेबल, सिसाको बत्ती फुटाएको, एक थान टिभी, युसेफ नेपालका कार्यालयका झ्यालका सिसा, बत्ती, टेको, सिसी क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी फुटाएर क्षति पु¥याएको छ ।
त्यस्तै बाल सुधार गृह भवन क्षति, कुर्सी, बेञ्च, झ्याल, ढोका लाइटमा क्षति पुगेको छ भने बालबन्दी बस्ने व्यारेकको झ्यालको सिसा, वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा, मनिटर र दराज टेबल फुटाएर क्षति पु¥याएका छन् । फरारमध्ये दुई सय चार जना पक्राउ परेका छन् भने १७ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
 रासस/फाइल फोटो

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:०३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...