back
CTIZAN AD

बुद्धशान्ति गाउँपालिकाका पशुलाई दिइयो लम्पी स्किनविरु खोप

वि.सं.२०८० भदौ ७ बिहीवार

831 

shares
बुद्धशान्ति ।  बुद्धशान्ति गाउँपालिकामा किसानहरुले पालेको पशुमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।
आर्थिक विकास समितिको सिफारिसमा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको साउन ३२ गतेको निर्णय बमोजिम साझेदारीमा किसानले पालेको पशुमा आजदेखि लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।
  पहिलो चरणमा बुद्धशान्ति वडा नम्बर १,६ र ७ मा आजदेखि खोप लगाउने कार्य सुरु भएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता समेत रहेका आर्थिक विकास समिति संयोजक अनिल वाग्लेले जानकारी दिनुभयो । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका आर्थिक विकास समिति संयोजक वाग्लेले ती वडामा खोप लगाउने कार्य सम्पन्न भए लगत्तै बाँकी ४ वटै वडाहरुमा पनि खोप कार्यक्रम चल्ने जानकारी दिनुभएको छ ।
   पशुधन संरक्षण गर्न गाउँपालिकाले सो अभियान सञ्चालन गरिएको उहाँले बताउनु भयो । खोप लगाउँदा प्रति पशु किसानले पचास रुपैँया र बाँकी एक सय दश रुपैँया गाउँपालिकाले बेहोर्ने गरी कार्यक्रम सुरु गरिएको पालिकाले जानकारी दिएको छ ।

वि.सं.२०८० भदौ ७ बिहीवार १२:५८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...