back
CTIZAN AD

कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

वि.सं.२०८० भदौ ७ बिहीवार

1.1K 

shares

काठमाडौैँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट गर्दै भदौ ८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने तथा १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

श्रद्धाञ्जली अर्पण गर्न आज बिहान पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा उनको शव राखिएको थियो । नेता कार्कीको शवमा आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

विसं २०१४ वैशाख २९ गते जन्मिएका स्व कार्कीले कांग्रेसको सङ्गठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ । उनकोे निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै बैठकले स्व. कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकमा नेता स्व. कार्कीको आत्माको चीर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरिएको थियो । कांग्रेसले यस दुःखको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा धैर्य धारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेको छ ।

 

वि.सं.२०८० भदौ ७ बिहीवार १३:२० मा प्रकाशित

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...