back
CTIZAN AD

समाजवादी मोर्चाको आन्दोलनलाई युरोपबाट ऐक्यबद्धता

वि.सं.२०८० भदौ ९ शनिवार

1.1K 

shares

काठमाडौं । नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक, सामाजिक, अन्तरविरोधहरुको अन्त्य गर्नका लागि समाजवादी व्यवस्थाको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्णय र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई युरोपस्थित विभिन्न संगठनहरुको समर्थन र ऐक्यबद्धता जनाएका छन् ।

नेपाली जनप्रगतिशील मंच युरोपका कार्यवाहक अध्यक्ष रणबहादुर खाती खत्री र नेपाली जनप्रगतीशिल मोर्चा युरोपका अध्यक्ष बदन योङहाङले एक संयुक्त विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाको आन्दोलनलाई युरोपबाट ऐक्यबद्धता जनाएका हुन् ।

यस्तो छ विज्ञप्ति
‘विश्वमा नयाँ राजनैतिक अवस्था सिर्जना भएको र अमेरिकी साम्राज्यवादी एकल नेतृत्वमा परिवर्तन आएको छ । अहिले युक्रेन युद्धसम्म आइपुग्दा अमेरिका प्रविधिमा रुससँग र अर्थमा चीनसँग पछि पर्न पुगेको छ । यी दुई प्रवृत्तिसँग विश्व ध्रुविकृत भइरहेको छ । त्यहि अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न लागि परेका छन् । विश्वका प्रभावशाली अर्थतन्त्र भएका चीन र भारत वीचको अन्तरविरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्नु पर्दछ । नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्व साहितको योजनालाई प्रवेश गर्न दिनु हुँदैन ।

त्यसै गरेर भारतको नेपालमाथिको विविधखाले हस्तक्षेप रोक्न पर्दछ । लिपुलेक लिम्पयाधुरा, कालापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भुभाग फिर्ता लिनुपर्दछ । नेपालको व्यापार व्यवसायमा भारतीय स्वामित्व ६० प्रतिशत भन्दा बढी भइसकेको अनुमान छ । नेपालको आफ्नो उत्पादन नहुने र अर्को देशको उत्पादन पनि अरुले नै आएर बेच्ने अवस्था द्रुत रुपले बढिरहेको छ । देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर यो दलाल पुँजीवादी अवस्थालाई यथाशिघ्र बदल्नु पर्दछ । दलाल पुँजीवादको चरित्र अनुसार नै देशमा व्यापक संस्थागत भ्रष्टाचार, मिटरव्याजी, लुटपाट, लघुवित्तको उत्पीडन, चर्को बैंक व्याजदर, स्वास्थ्य शिक्षामा भइरहेको लुटपाट, कालोबजारी,मूल्यवृद्दि जस्ता विकृतिहरुले जनताको जनजीवन अत्यन्तै कठिन अवस्थामा छ । देशमा दलाल पुँजीवादका कारणले आत्मनिर्भर उत्पादन प्रणाली छैन । सामान्य जिविकोपाजर्ननको लागि लाखौलाख युवायुवतीहरु विदेशीन बाध्य भएका छन् । आधारभुत आवस्यकता पूरा गर्नका लागि पनि भारी मात्रामा नगद पुँजीको आवस्कता पर्ने गलत वातावरण सिर्जना गराइएको छ । आवस्यकता पूरा गर्नका लागि अनुत्पादक र विकृत, संस्कृति, द्रुत गतिमा बढिरहेको छ । दलाल पुँजीवादले जातीय स्वतन्त्रताको आन्दोलनलाई जातीवादीतिर लैजाने खतरालाई रोक्दै उनीहरुको स्वायत्ततासहित राजनैतिक, आर्थिक, भाषिक, शैक्षिक, तथा सांस्कृतिक अधिकारको सुनिश्चितता समाजवादी गणतन्त्रमा मात्र सम्भव छ । समाजमा विद्यमान छुवाछुत, महिलामाथिको हिंसा र विभेद, लगायतका सम्पूर्ण विकृतिहरुको अन्त्य गर्दै आत्मनिर्भर उत्पादन प्रणालीको विकास, जन नियन्त्रित राज्य प्रणाली, स्वतन्त्र र समुन्नत देश निर्माण गर्नुपर्दछ । क्रान्तिकारी भुमिसुधार लागु गरि जमिनलाई भुमाफियाहरुको चंगुलबाट बाहिर ल्याइ कृषिलाई व्यवसायिकरण गर्नुपर्छ । उद्योग व्यवसायमा क्रान्तिकारी विकास गरी लाखौ लाख विदेशीएका नेपाली युवायुवती नेपाल फर्किएर देशमा नै रोजगार गरी सुरक्षित जीवन पाउने व्यवस्था स्थापना गर्नु पर्दछ । उक्त व्यवस्था भनेकै नेपाली विशेषताको समाजवाद हो । यो कुनै राजनैतिक दल र एकदलीय विचारले प्रभावित हुने व्यवस्था होइन । वर्तमान सरकारले चालेका भ्रष्टाचार विरोधि अभियानलाई कडाइका साथ लागु गर्न, जनहित र सामाजिक न्यायका कामहरु द्रुत गतिमा बढाउन हामी आव्हान गर्दछौं । यद्यपी वर्तमान व्यवस्थापमा जो सुकै राम्रो मान्छे वा दल आए पनि उनीहरुलाई व्यवस्थाले नै खराब बनाईदिन्छ । राम्रो गर्न सक्छु वा गर्छ कि भन्ने आशा अस्थाई भ्रम भएकाले अबको विकल्प समाजवादी गणतन्त्रको स्थापना मात्र हो र यो सबैको साझा कार्यक्रम हो । नेपाली जनताको लागि राम्रो हुने समाजवादी गणतन्त्र स्थापनाको लागि समाजवादी मोर्चा नेपाल सफल होस् भन्ने शुभकामना दिन चाहान्छौं । यो मोर्चाले गर्ने समाजवाद स्थापनाको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दछौं । यो आन्दोलनलाई समर्थन र सहयोग गर्नु हुन सम्पूर्ण प्रवासी नेपालीहरुलाई अनुरोध गर्दछौं ।’

 

वि.सं.२०८० भदौ ९ शनिवार २०:५४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...