काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द नेम्वाङको निधनले आफु मर्माहत भएको बताएका छन् ।
‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ प्रधानमन्त्री प्रचण्डले ट्विटरमा लेखेका छन् ।
उपाध्यक्ष नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको हो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि त्रिविशिक्षण अस्पताल पुर्याइएका उनलाई तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेम्वाङको पार्थिव शरीरलाई श्रद्धान्जलिका लागि च्यासलस्थित एमालेको पार्टी कार्यालयमा राखिने बताइएको छ ।
२०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष रहेका नेम्बाङ हाल इलाम– २ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका उनी केहि दिन यता बृहत् वाम एकताको पक्षमा सक्रिय भएका थिए ।
वि.सं.२०८० भदौ २६ मंगलवार ०६:२५ मा प्रकाशित






























