काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामाथि कटाक्ष गर्दै सिंग न पुच्छरको ‘समाजवादी मोर्चा’को वेसुरे राग गाउँदै हिँडेको बताएका छन् ।
देशमा कुनै भविष्य नदेखेर रोजगारी र शिक्षाको निम्ति औपचारिक रूपमै प्रतिदिन दुइ हजार युवा विदेश पलायन हुनु देशको सबभन्दा ठूलो चिन्ता र चासोको विषय हुनपर्नेमा सिंग न पुच्छरको ‘समाजवादी मोर्चा’को वेसुरे राग गाउँदै हिँडेको आरोप लगाएका हुन् ।
‘देशमा कुनै भविष्य नदेखेर रोजगारी र शिक्षाकोनिम्ति औपचारिक रूपमै प्रतिदिन दुइ हजार (अनौपचारिक त कति हो कति !) युवा विदेश पलायन हुनु यतिवेला देशको सबभन्दा ठूलो चिन्ता र चासोको विषय हुनपर्ने हो ! तर देशको नेतृत्व हाककक्ने व्यक्तिहरू सुतुरमुर्गले बालुवामा टाउको घुसारेर ढुक्क भए झैं ढुक्क भएर आआफ्ना दल÷गुटका डम्फू बजाउन व्यस्त हुनु, सिंग न पुच्छरको ‘समाजवादी मोर्चा’को वेसुरे राग गाउँदै हिंड्नु, संसदलाई कुनै बिजिनेज नदिएर पंगु बनाउनु कति गैरजिम्मेवार÷असंवेदनशील कुरा हो ?,’ सामाजिक संजालमा उनले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सत्ताको अंकगणित मिलाएपछि र शक्तिकेन्द्रहरू रिझाए पछि जे गरे पनि हुन्छ भन्ने हो कि कसो ? भन्ने प्रश्न गर्दै भनेका छन्,‘यो लोकतन्त्र हो जनता कुनै दिन जाग्छन् र वादशाहलाई घोडाबाट झार्छन् भन्नेचाहिं नबिर्सियोस् !’
देशमा कुनै भविष्य नदेखेर रोजगारी र शिक्षाकोनिम्ति औपचारिक रूपमै प्रतिदिन दुइ हजार (अनौपचारिक त कति हो कति!) युवा विदेश पलायन हुनु यतिवेला देशको सबभन्दा ठूलो चिन्ता र चासोको विषय हुनपर्ने हो! तर देशको नेतृत्व हाॅक्ने व्यक्तिहरू सुतुरमुर्गले बालुवामा टाउको घुसारेर ढुक्क भए झैं… pic.twitter.com/RQQJpw01Zy
— Baburam Bhattarai (@brb1954) September 11, 2023
वि.सं.२०८० भदौ २६ मंगलवार ०६:४३ मा प्रकाशित






























