Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएको केन्द्रीय अध्यक्षमा महेशकुमार श्रेष्ठद्वारा उम्मेदवारी घोषणा



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय अध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार ललितपुरको हिमालयन होटलमा उम्मेदवारी घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा श्रेष्ठले आगामी २०२३–२०२५ का लागि केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा उनले सवल, साझा र एकतावद्ध एनआरएनए, परिणाममुखी पारदर्शी र समावेशी एनआरएनए बनाउने आफ्नो उद्धेश्य र प्राथमिकता हुने बताएका छन् ।

श्रेष्ठले आफु पद र प्रष्ठिाका लागि भन्दा पनि सस्थामा ठोस योगदान दिने उद्धेश्य रहेको सबैमा घामजस्तै छर्लङ्ग रहेको बताउँदै आगामी २०२३–२०२५ को कार्यकालमा आफुले गर्ने पाँच नीतिगत कार्यलाई प्राथमिकतामा राखेको बताए ।

‘२०२३–०२५ को दुईवर्षे कार्यकालमा मैले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्ययोजनाहरु प्रस्तुत गरेको छु । यी कार्य योजनाहरु समयमा नै पूरागर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु,’ उम्मेदवारी घोषणा गर्दै उनले भने भने ।

श्रेष्ठले पाँच नीतिगत प्राथमिकताहरुमा एनआरएनएको संकल्प ःनेपालको सम्मुन्नति, युवा महिला तथा दोस्रो पुस्ता, एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकास, अवको कार्यभार : एनआरएनएको हक, हित र अधिकार र जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ’ रहेको छ ।

उनले विगतमा जस्तै यसपटक पनि सबै गैरआवासीय नेपालीको सहयोग, समर्थन र शुभेच्छा रहने विश्वास व्यक्त गर्दै भने–‘सबैको विवेकसम्मत निर्णयमा गैरआवासीय नेपालीको साझा संगठन र संघको भविष्य निर्भर रहेको छ । त्यसैले संघको अध्यक्षमा मलाई निर्वाचित गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछु ।’ उनले भने ।

कार्यक्रममा एनआरएनएका महासचिव डा. केशव पौडेलले शुभकामना मन्तव्य दिदैं १० औै महाधिवेशनका कमिकमजोरीहरुलाई सच्याएर सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउँदै त्यो कार्यका लागि श्रेष्ठको नेतृत्व महत्वपूर्ण रहेको बताए ।

त्यसैगरी शुभकामना मन्तव्य दिने क्रममा उपाध्यक्ष नरेन्द्र भाटले १० औं महाधिबेशनमा विशेष परिस्थितिले ३ वटा अध्यक्ष भएपनि अव यस्तो अवस्था भोग्नु नपरोस् भन्दै संघको विधानभन्दा बाहिर गएको टिमलाई अगाडि बढाउन नहुने बताए ।

त्यसैगरी सचिवहरु गंगाधर गौतम, प्रविन गुरुङ, प्रवक्ता सोम सापकोटा लगायतले पनि श्रेष्ठलाई शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा युवा उपाध्यक्ष राज रेग्मी, युरोप संयोजक चिन्तामणि सापकोटा, युवा संयोजक रमेश काफ्ले, पूर्व सल्लाहकार हरिवोल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

के छन् त उनका प्रतिबद्धतामा ?
श्रेष्ठले गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, र पुँजीलाई स्वदेशको विकास र समृद्दिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैक स्थापना गर्ने तथा विदेशबाट नेपाल फर्किएकाहरुको सीप क्षमता अनुसार नेपालमा नै रोजगारीको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै नेपाल सरकारले हालै सुरु गरेको योगदामा आधारित सामाजिक सुरक्षा कोष र बैदेशिक रोजगार सम्बन्धी आइपीओमा सबै गैआरवासीय नेपालीको पहुँच सुनिश्चित हुने गरी कार्यान्वयका लागि आवस्यक कानुनी संशोधन गरिने तथा हाल बैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवस्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वय गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन पहल गर्ने बताएका छन् ।

त्यसैगरी पोर्चुगल, टर्की, रोमानिया, पोल्याण्ड, माल्टा, साइप्रस, क्रोयशिसा, मालदिभ्स लगायतका देशमा दूतावास स्थापना गर्न नेपाल सरकारसँग पहल गर्ने र जापान, जर्मनी, अष्ट्रिया, दक्षिण कोरिया, इजरायल लगायतका देशमा पनि श्रम सहचारीको व्यवस्था गर्न पहल गर्ने बताएका छन् ।

बैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरिने बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई बैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तिमा १५ लाख पुर्याउन पहल गरिने लगायतका १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

बाग्लुङमा जन्म भइ पर्वतको कुश्मामा बसोबास गर्दै आएका महेश श्रेष्ठ जापानमा स्थापित व्यवसायी हुन् । कृषिबाटै नेपालको समृद्दि ठानेका श्रेष्ठले नेपालमा कृषि, पर्यटन, हाइड्रो, यातायात, रेमिट्यान्स कम्पनी लगायतका क्षेत्रमा लगानी गरेर प्रतिष्ठित व्यवसायीको नाम कमाएका छन् । एनआरएनए जापानको संस्थापक अध्यक्ष, तथा अन्तराष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षको कार्यभार सम्हालिरहेका श्रेष्ठ गैरआवासीय नेपाली अभियानका सक्रिय अभियन्ता हुन् ।

 

 

 

 


-->

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल

ओम आचार्य, अर्घाखाँची आगोको विउ रोपेर सुडौला जिउ बनाउन आरन थापेकाहरू सपनाको धाउ पिट्दा