back
CTIZAN AD

वन कर्मचारीले टेम्पो गुल्टाइदिएपछि विवाद

वि.सं.२०८३ जेठ ३१ आइतवार

303 

shares

धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा वन कार्यालयका कर्मचारीले एक महिलाले पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसालेपछि विवाद उत्पन्न भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि वन कार्यालयको कार्यशैलीमाथि आलोचना भइरहेको छ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले पुरानो टेम्पोमा खुद्रा सामान बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्। धामीका अनुसार वन कार्यालयका कर्मचारीले टेम्पोभित्र रहेका सामान निकालिसकेपछि आफूले टेम्पो घर लैजान दिने आग्रह गरे पनि नमानेर भिरमा खसालिदिएका हुन्।

घटनापछि स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले वन कर्मचारीको व्यवहार अमानवीय भएको भन्दै आलोचना गरेका छन्। धेरैले अतिक्रमण हटाउने नाममा नागरिकको सम्पत्ति नष्ट गर्नु उचित नभएको टिप्पणी गरेका छन्।

यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने उक्त टेम्पो लामो समयदेखि वन तथा सडक क्षेत्र अतिक्रमण गरेर राखिएको दाबी गरेका छन्। उनका अनुसार कार्यालयले गत पुस महिनादेखि नै टेम्पो हटाउन पटक–पटक ताकेता गर्दै आएको थियो। तर अटेर गरेपछि हटाउने प्रक्रिया अघि बढाइएको उनले बताए।

ठाकुरले टेम्पो सडकमा सञ्चालन गर्न नमिल्ने पुरानो अवस्थामा रहेको र कर्मचारीहरू अतिक्रमण हटाउन पुगेका बेला विवाद तथा गालीगलौज भएपछि आवेशमा घटना भएको हुनसक्ने बताएका छन्।

डिभिजन वन कार्यालयले राजमार्ग क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकेको जनाएको छ। तर टेम्पो भिरबाट खसालिएको घटनाले सरकारी निकायको कार्यशैली र जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।

वि.सं.२०८३ जेठ ३१ आइतवार १०:४७ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...