back
CTIZAN AD

सरकारले बोलायो शिक्षक महासङ्घलाई वार्तामा

वि.सं.२०८० असोज २ मंगलवार

1.2K 

shares

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि बोलाएको हो । “महासङ्घले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा आज दिउँसो ३ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्दछ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक २०८० संसद्मा दर्ता गरिसकेको र महासङ्घले उठाएका माग विधेयकमा अटाएको मन्त्रालयको दाबी छ । “विधेयकलाई अन्तिम रुप दिनुअघि महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावलाई यथासक्य विधेयकमा समावेश गरिएको छ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “महासङ्घले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात् तर्जुमा हुने नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् ।”

महासङ्घले अघि सारेका मागलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०८० असोज २ मंगलवार ०६:४१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...