back

घरेलु हिंसामा आधारित ‘सीता’ टेलिसिरियलको ट्रेलर सार्वजनिक

वि.सं.२०८० असोज ३ बुधवार

315 

shares

काठमाडौँ । असोज ८ गते देखि हिमालय टेलिभिजनबाट प्रशारण हुने गरी घरेलु हिंसामा आधारित सीता टेलिसिरियलको ट्रेलर सार्वजनिक भएको छ ।

यस सिरियलको लेखन तथा निर्देशन सहिन प्रजापतिले गरेका हुन् ।

आरटि इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ । सीता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको हो । सीताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन ।

लेखक प्रजापतिको पनि सीता सिरियलमा अभिनय हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् भने ट्रेलरमा राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।

सिता सिरियलले दर्शाको मन जित्ने कुरामा निर्माण टोलि ढुक्क छन् । ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएपछि ८ः३० मा आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमा प्रत्येक मंगलबार सिता सिरियल हेर्न सकिनेछ ।

 

 

वि.सं.२०८० असोज ३ बुधवार १३:०६ मा प्रकाशित

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ) । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ...

बिकिनीमा यस्ती देखिइन् आँचल शर्मा (तस्बिरसहित)

बिकिनीमा यस्ती देखिइन् आँचल शर्मा (तस्बिरसहित)

काठमाडौं । आफ्ना पति उदीप श्रेष्ठसँगै फिलीपिन्स भ्रमणमा रहेकी अभिनेत्री...