back
CTIZAN AD

देशभरीका शिक्षकहरु काठमाडौंको माइतीघरमा उत्रिए

वि.सं.२०८० असोज ३ बुधवार

1.3K 

shares

काठमाडौं । देशभरका शिक्षकहरु स्कुल बन्द गरेर काठमाडौंको माइतीघर केन्द्रीत आन्दोलनमा सहभागी भएका छन् ।

सरकारले संसद्मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरीबाट हजारौ शिक्षकहरु स्कुलमा पठनपाठन ठप्प पारेर काठमाडौंका सडकमा उत्रिएका हुन् ।

सरकारले शिक्षकहरुको हकहित विरोधी विधेयक ल्याएको भन्दै विरोध गर्दै आएका उनीहरु मंगलबारका लागि वार्तामा सरकारले बोलाए पनि त्यसलाई अस्वीकार गरेका उनीहरु सिंहदरबार केन्द्रीत आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको उक्त आन्दोलनमा देशभरीका सामुदायिक, संस्थागत, नीजी तथा आवासीय विद्यालयका शिक्षकहरुको समेत सहभागीता रहेको छ ।

देशैभरी रहेका ३४ हजार विद्यालयका २ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रिएपछि झण्डै ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आन्दोलनमा सहभागी नभएका केही शिक्षकहरु विद्यालयमा हाजिर भएपनि पेन डाउन गरेर पठन पाठन ठप्प पारिएको छ ।

 

 

वि.सं.२०८० असोज ३ बुधवार १२:५५ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...