back
CTIZAN AD

फेडरल रिइन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० असोज ३ बुधवार

1.1K 

shares

काठमाडौं । फेडरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले असोज २५ गते साधारणसभा आह्वान गरेको हो । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने , साविक नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने , सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने , कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा,विदेशी साझेदार वा लगानीकर्ता भित्राउने सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यो कम्पनी नेपाल बीमा प्राधिकरणबाट पुनर्बीमा दलालको लाईसेन्स प्राप्त कम्पनी हो । कम्पनी चुक्ता पुँजी ५ करोड रहेको छ भने अधिकृत पुँजी १० करोड रहेको छ । कम्पनीको अध्यक्ष महेश कुमार अग्रवाल रहेका छन् ।

वि.सं.२०८० असोज ३ बुधवार १३:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...