back

हङकङस्थित स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन चीनको आदेश

वि.सं.२०८० असोज ३ बुधवार

69 

shares

हङकङ । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास /कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो ।

आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको छ । अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन् । चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ ।
चिनियाँ अधिकारीहरूलाई बुझाउनु पर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ । नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन पत्राचार गरिएको छ । आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन ।

सन् १९९७ मा बेलायतले चिनियाँ भूभाग हङकङ बेइजिङलाई हस्तान्तरण गरेको हो । विशेष स्वायत्तता शासन पद्धति अपनाइएको हङकङमा पछिल्ला दिनमा बेइजिङ विरोधी गतिविधि बढ्न थालेपछि कडा राष्ट्रिय सुरक्षा कानून लगाएर शहर व्यवस्थापन हुँदै आएको छ । रासस/एएफपी

वि.सं.२०८० असोज ३ बुधवार १७:२० मा प्रकाशित

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...