प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा पोर्चुगलबाट भिम कमल केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको आसन्न ११ र्औ महाधिबेशन तथा विश्व सम्मेलनका लागि केसीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पोर्चुगलमा लामो समयदेखि व्यवसाय संचालन गर्दै आएका केसी पोर्चुगलको नेपाली समाज तथा एनआरएनए अभियानमा चर्चित नाम हो ।
नेपालीहरुको सुख दुःखमा साथ दिएर सामाजिक अभियन्ताका रुपमा समेत परिचित केसी यहि अक्टोबरमा हुने ११ औं महाधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै युरोपका विभिन्न देशमा चुनाव प्रचार–प्रसार अभियानमा लागिरहेका छन् ।

केसी चुनावी प्रचार–प्रसारकै अभियानमा युरोपको स्केनडीएन स्वीडेन, डेनमार्कपछि केही दिन नर्बेको राजधानी ओस्लोमा रहने छन् । स्केनडीएन देशपछि स्पेन, ईंटाली र फ्रानस, लक्जÞमबर्ग लगायतका देशहरुमा उनको चुनावी कार्यक्रम केन्द्रीत रहने बताइएको छ ।
गैरआवासीय नेपाली संघको विधान अनुरुप ६ सचिव पदको लागि अगामी अक्टोवर महिनामा हुने निर्वाचनमा यूरोप प्रचार प्रसारको अग्र पंक्तिमा केसी देखिएका छन् ।
वि.सं.२०८० असोज ३ बुधवार १७:०२ मा प्रकाशित






























