back
CTIZAN AD

कार्यक्रममा भागलिन बेलायत पुगेकी कलाकार भिषा अवधिमै नफर्किएपछि….

वि.सं.२०८० असोज ३ बुधवार

1.1K 

shares

युके । गत जुनमा बेलायतस्थित एक नेपाली संस्थाको भेला कार्यक्रममा कलाकारको रुपमा बेलायत पुगेकी एक चर्चित कलाकार नेपाल नफर्किएपछि त्यहाँका संघ संस्थालाई आपदको विषय बनेको छ ।

केहि बर्ष यतामात्र स्थापना भएको स्याङ्जा समाज युकेको आयोजनामा गत जुन २४ तारिखका दिन सदस्यहरुबीच भएको एक आपसको चिनजान, सहयोग, एकता र विकासका लागि गरिएको वार्षिक भेलामा आफ्ना जिल्लाका नवोदित कलाकारहरुलाई बेलायत बोलाएर कला प्रदर्शन गर्न पाउने अवसर समेत मिलाइएको थियो ।
यसै क्रममा, एक चर्चित कलाकार जो तोकिएकै समयमा नेपाल फर्किएको र तथा अर्की महिला कलाकार तोकिएको समयमै नफर्किएपछि बढेको समस्याका कारण संस्थाले प्रेस विज्ञिप्ति नै जारी गरेर यसबारेमा जानकारी गराउनु परेको छ ।
‘कलाकार र आयोजक समिति बीच भएको सम्झौता अनुसार तोकिएको कार्यक्रममा सहभागिता जनाई ३ सेप्टेम्बरमा सम्मान कार्यक्रम र बिदाई गरिने पूर्व सहमति अनुरुप ५ सेप्टेम्बरमा नेपाल फर्कने निश्चित गराईएको थियो । दुईमध्ये एक कलाकारले सम्झौता बिपरित नफर्कने निर्णय लिईन् । सोहि अनुरुप स्याङजा समाज आयोजक समितिले, समाजका सदस्य लगायत वरिष्ठ ब्यक्तित्वहरुलाई २३ अगस्तका दिन बैठकका लागी आव्हान गरेको थियो ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
उक्त बैठकले, बिभिन्न निष्कर्षका साथ कानुनी प्रक्रियाका विषयमा छलफल गरेको र अन्तमा समाजका केही वरिष्ठ ब्यक्तिहरुको रोहवरमा युकेमा रहेकी कलाकारसँग छलफल र नेपाल नफर्कनुको कारण बुझ्ने प्रयास गरेको थियो ।
‘सोहि अनुरुप ३१ अगस्टमा कलाकार सहित, समाजले तोकेका ५ जना वरिष्ठ ब्यक्तित्वहरुका साथ बैठक बसेको थियो । उक्त बैठकमा भिषा पोलिसी र अध्यागमनको कानुन सम्बन्धि जानकारी पनि गराईएको थियो । त्यस्तै प्रकारले प्रायोजक, आयोजक र कलाकारबिच भएका सम्झौताका विषयमा पनि कलाकारलाई स्मरण गराईको थियो । यि सब बिवरण सक्दा नसक्दै बिचमै महिला कलाकारले बिपरित निर्णय सुनाएकी थिइन् । बैठकमा उपस्थित प्रत्येक सदस्यले उनलाई सम्झाई बुझाई नेपाल फर्काउने प्रयास गरे । तर उनले फेरि पनि गरिएको सम्झौता र तोकिएको समय अनुरुप नफर्कने अडान लिईन् ।’ विज्ञप्तिमा भनिएको छ ।
ती कलाकारले आयोजक र प्रायोजकको स्वीकृति विना अन्य ३–४ वटा कार्यक्रममा भाग लिने अडान राख्दै आफ्नै खर्चमा २९ अक्टोवरमा नेपाल फर्किने बैठकमा बताएकी थिइन् ।
यदि कलाकारले निम्न लिखित प्रावाधान र प्रक्रियाको पालना गरे वा समयमा स्विकृतिका लागी निवेदन पेश गरेर प्रायोजक र आयोजक समितिलाई यी सब प्रक्रियामा संतोषजनक जवाफ र कानुनी प्रक्रिया अनुरुप पुष्टि भएमा कलाकारको माग अनुरुप थप बस्न दिने बैठकले निर्णय गरेको बताइएको छ ।
‘बैठकको सर्तः कलाकारलाई जिम्मेवारी लिने ब्यक्तिको पूर्ण बिवरण र उहाँहरुबिचको सम्बन्ध के हो ? बस्ने, सुत्ने र बिमार हुँदा औषधि उपचारको व्यवस्था कस्ले र कसरी गरिएको छ (स्वास्थ्य बिमा)? कस्को घर हो, घरधनी खुलेको प्रमाण छ कि छैन ? यी सब ब्यहोरा खुलेको साथै बस्न र राख्न पाउँ भनी दुवै पक्षको निवेदन ३ सेप्टेम्वर भित्र पेश गरी सक्नुपर्ने जनाएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘कलाकारले, माथिका बुँदाहरुलाई सहर्ष स्विकार गर्दै बैठक स्थगित गरिएको थियो । दुर्भाग्यवश कलाकारले समाजले प्रस्ताव गरेको सबै शर्तहरु एवं सहमतिलाई बेवास्ता गरिन् । उनी ५ सेप्टेम्बरमा नेपाल फर्कन पर्ने थियो त्यसलाई पनि पूर्ण रुपले लत्याईको पाईयो । फलस्वरुप, प्रायोजकलाई सूचना दिईयो र कलाकारलाई प्रायोजकलाई जिम्मा पनि लगाइएको हो । उहाँहरुले चलाएका प्रक्रिया सम्बन्धि जानकारी लिन चाहे प्रायोजक टिम सम्पूर्ण विवरण दिन तयार छ। यदि चित्त नबुझेको खण्डमा कृपया एनआरएनए युकेमा सम्पर्क राख्न विनम्र अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘त्यसमा लगाइएका आक्षेप, आरोप र धम्की प्रति कुनैपनि संघ संस्थाले प्रतिकृया दिएको छैन र प्रतिक्रिया जनाउन पनि मिल्दैन । किनकि, बेलायतका संघ सस्था र युकेवासी नेपाली सभ्य र शिक्षित छन् । यस्ता फोहोरी खेलप्रति पूर्ण सचेत र सजग छन् । सामाजिक संजालमा कसरी चल्नुपर्छ, साइबर अपराध के हो, यसको असर के छ, जिम्मेवारीपूर्ण ढंगले चलेर, अरुको मान प्रतिष्ठालाई सम्मान गर्दै कसैको पनि निजि जीवनमा ठेस पु¥याउन हुन्न भन्ने राम्रो ज्ञान राख्छ ।’
विवादमा रहेकी कलाकार बेलायत जस्तो मानव अधिकारको विषयमा विश्वलाई नेतृत्व दिने देशमा रहेको र त्यहाँ विधिको शासन चल्ने हुनाले कलाकारलाई संस्थाले नै यदि लगाएको आरोप सत्य हो र आफूसँग पर्याप्त प्रमाण भए तुरुन्त कानुनी उपचारमा लाग्नु भनेर बारम्बार सल्लाह सुझाव दिई राखेको पनि समाजले जनाएको छ ।
‘आवश्यक सहयोगका लागी आम युकेबासी नेपाली तत्पर छन् । आरोपित ब्यक्ति स्वयंले कानुनी उपचारको बाटो खोज्न आह्वान गरेकै छन् । जुन कुरा उनले आफ्नो प्रेस बिज्ञप्तीमा पनि प्रष्ट खुलाएका छन् । तर, प्रश्न यो हो कि पुलिस प्रशासनकोमा नगईकन सामाजिक सन्जालमा रुँदै, चिच्याउदै युट्युवमार्फत आरोप मात्र नभई सिधै क्षति पु¥याउने धम्की समेत प्रस्तुत गरेको देखिन्छ । कलाकारलाई साईवर अपराधको विषयमा कत्तिको जानकारी छ ? आशा छ जिम्मेवारीपूर्वक नै सामाजिक संजालमा प्रस्तुत् भएकी होलिन् ।’ विज्ञप्प्तिमा भनिएको छ ।
साइवर अपराध र कानुनका आँखामा ८ सेप्टेम्बरका दिनका दिन रंगिन टिभी नेपाल डटकम युट्युवमा प्रस्तुत गरिएको भिडियो सावित सहितको अपराधको रुपमा पुष्टि भएको देखिने र जुन विषय अहिले ह्याम्पसायर प्रहरीको निगरानीमा रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘कलाकारले यसरी प्रस्तुत् हुन आवश्यक थियो त ? कि उनी कतैबाट परिचालित त छैनन् ? आखिर यो सब गर्नुको कारण के हो? फेरी सामाजिक अभियन्ता भन्दै बिभिन्न बाट अन्तरवर्ता लिनेहरुले प्रहरी प्रशासनमा गएर मुद्दा दर्ता गराउन सुझाव किन दिएनन् ? विना प्रमाण सामाजिक सन्जालमा आएर आरोप र प्रत्यारोप गर्नु र कसैलाई धम्कि दिनु अपराध हो भनेर सामाजिक सन्जालका अभियन्ताहरुले सावधानी र सुचित किन गरेनन् ? समाजका अगुवाहरुले सहयोगको प्रस्ताव राख्दा किन नकारियो ?’ विज्ञप्तिमा भनिएको छ ।
प्रायोजक तर्फका एनआरएनएले सम्झौता अनुरुप नेपाल नफर्केका कारण सूचना सुचित गरेको ३० दिनभित्र फर्कन पर्ने प्रावधान अनुरुप कलाकारको बिवरण अध्यागमन विभागलाई खबर गराईएको थियो । अर्को तर्फका एनआरएनएनएले भिषा थप गराएर नोभेम्बर २०२३सम्म बस्न पाउने बनाएका छन् ।’
अहिले उनै कलाकार प्रायोजकले ब्यवस्था गरिदिएको घरबाट बेखबर छाडेर हिँडेको सुचना आएको, तथा अब कलाकारको जिम्मा कस्ले लिने र ११ नोभेम्बरमा पनि नफर्के के हुन्छ भन्ने प्रश्न राख्दा; प्रायोजक पक्षका एनआरएनए समितिले नै भिषा थप गराएका कारण सम्पूर्ण जिम्मेवारी एनआरएनएको नै हुन आउने संस्थाले जनाएको छ ।

वि.सं.२०८० असोज ३ बुधवार १६:५६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...