back

आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा चन्द्रागिरि

वि.सं.२०८० असोज ५ शुक्रवार

219 

shares

काठमाडौँ । चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ । नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणाको तयारी छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको र आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने जानकारी दिए । उक्त नगरपालिकामा १५ वडा छन् । अहिलेसम्म चन्द्रागिरि- ३ र १४ भने बालश्रम मुक्त भइसकेको छ ।

वडा नं १४ गत वर्ष घोषणा भएको हो भने वडा नं ३ लाई बिहीबार घोषणा गरिएको हो । उक्त वडाभित्र फेला परेका १८ बालबालिकामध्ये केहीलाई विद्यालय भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी बालश्रम मुक्त घोषणा गरिएको वडा नं ३ का अध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचकहरू पूरा गर्नुपर्ने हुन्छ ।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरेको थियो । समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले नगरपालिकाको सामाजिक विकास तथा सुशासनका काममा संस्थाले आवश्यक सहयोग गर्दै आएको र यस वडालाई बालश्रम मुक्त बनाउन आवश्यक सहकार्य गरिएको बताए ।

यहाँ बालश्रम मुक्त वडा घोषणा गर्नुअघि उक्त वडाको मुख्य बजार थानकोटमा विभिन्न वेशभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो । विभिन्न स्कुल तथा महिला समूह र जातजातिका प्रतिनिधिहरूको सहभागितामा प्लेकार्डसहित र्याली निकालिएको थियो ।

वि.सं.२०८० असोज ५ शुक्रवार १०:५० मा प्रकाशित

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा मन्त्री डा महतोको जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...