back

बेलायतमा अध्ययनरत सदीक्षाको मृत्युको कारण कर्मचारीको लापरवाही !

वि.सं.२०८० असोज ५ शुक्रवार

153 

shares

लन्डन । उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ ।

लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नपर्ने अनुसन्धान निष्कर्ष सुनाएका हुन् । गत १९ मेदेखि यसबारे अनुसन्धान थालिएको थियो । १५७ पेज लामो छ अनुसन्धान प्रतिवेदनले बोलेको छ ।

अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एउटा कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट छन् नजिक जान सक्दिन भनेर वेवास्ता गरि बाहिर टाउनमा गएकी थिइन् भने अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो । यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत आएकी थिइन् । दुर्भाग्य छोरीले अकालमै ज्यान गुमाउनु परेपछि उनको परिवार विक्षिप्त छ । सदीक्षाको जन्म वि.सं. २०५८ साल चैत ३ मा दोलखामा भएको थियो । कोरोनर कोर्टको निष्कर्ष पछि सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण भए पछि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको परिवारलाई क्षतिपूर्ति दिलाउन ब्यारिस्टरसंग छलफल शुरु गरिसकेको जनाएका छन् ।

यसअघि एनआरएनए यूके अध्यक्ष गाहामगरले सदीक्षाको मृत्यु लगत्तै चन्दा संकलन आव्हान गरि झण्डै १० हजार पाउण्ड संकलन भएको थियो । तर, तत्कालिन विद्रोही कार्यसमितिका सुनिलबाबु खड्का र विष्णु खरेलले उक्त संकलित चन्दा बैंकमा रोकिदिएका एनआरएनए यूकेकी प्रवक्ता लक्ष्मी तामांगको आरोप छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार १३:१८ मा प्रकाशित

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...