back
CTIZAN AD

बेलायतमा अध्ययनरत सदीक्षाको मृत्युको कारण कर्मचारीको लापरवाही !

वि.सं.२०८० असोज ५ शुक्रवार

930 

shares

लन्डन । उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ ।

लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नपर्ने अनुसन्धान निष्कर्ष सुनाएका हुन् । गत १९ मेदेखि यसबारे अनुसन्धान थालिएको थियो । १५७ पेज लामो छ अनुसन्धान प्रतिवेदनले बोलेको छ ।

अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एउटा कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट छन् नजिक जान सक्दिन भनेर वेवास्ता गरि बाहिर टाउनमा गएकी थिइन् भने अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो । यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत आएकी थिइन् । दुर्भाग्य छोरीले अकालमै ज्यान गुमाउनु परेपछि उनको परिवार विक्षिप्त छ । सदीक्षाको जन्म वि.सं. २०५८ साल चैत ३ मा दोलखामा भएको थियो । कोरोनर कोर्टको निष्कर्ष पछि सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण भए पछि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको परिवारलाई क्षतिपूर्ति दिलाउन ब्यारिस्टरसंग छलफल शुरु गरिसकेको जनाएका छन् ।

यसअघि एनआरएनए यूके अध्यक्ष गाहामगरले सदीक्षाको मृत्यु लगत्तै चन्दा संकलन आव्हान गरि झण्डै १० हजार पाउण्ड संकलन भएको थियो । तर, तत्कालिन विद्रोही कार्यसमितिका सुनिलबाबु खड्का र विष्णु खरेलले उक्त संकलित चन्दा बैंकमा रोकिदिएका एनआरएनए यूकेकी प्रवक्ता लक्ष्मी तामांगको आरोप छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार १३:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...