back
CTIZAN AD

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण

वि.सं.२०८० असोज ५ शुक्रवार

822 

shares

अन्नपूर्ण (कास्की) । कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका-१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । चार किलोमिटर लामो पदमार्ग निर्माणका लागि मन्त्रालय रू पाँच लाख सहयोग गरेको सचिव गुरुङले जानकारी दिए ।

बाँकी रू एक लाख ५० हजार समितिले खर्च गरेको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उक्त पदमार्गको उद्घाटन भए पनि स्तरोन्नतिको काम अझै बाँकी रहेको उनले बताए ।

मन्त्रालयका सचिव गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । “घान्द्रुक कल्चर (संस्कृति) र नेचर(प्रकृति)को धनी गाउँ हो । यसमा निर्माण गरिएको चक्रिय पदमार्गले पर्यटन प्रवर्द्धनमा अझै टेवा पुग्ने छ,” उनले भने, “प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाउने योजना बनाए अनुसार नै यहाँ सहयोग गरेको हो ।”

पदमार्गले दुईवटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको सचिव गुरुङले सुनाए । पदमार्ग अझै अपूरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, सात सय घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीसँग पनि सहयोग माग्ने योजना रहेको उनले बताए ।

“यो पदमार्ग चार किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,” समितिका अध्यक्ष गुरुङले भने, “यसका लागि सरकारसँग सहयोग लिने कुरा त छँदैछ, यहाँका होटल व्यवसायीले पनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।”

पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको बसाइ लम्बिने स्थानीय अमृत गुरुङले बताए । पदमार्गको करिब दुई किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो ।

“पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,” अमृतले भने, “यसको आधा भागमा वनजङ्गल पर्छ । यहाँ पर्यटकले चराचुरुङ्गीको आवाजसँगै वन्यजन्तुहरु मृग, स्याल, वनकुखुरा अवलोकन गर्न सक्छन् ।” पदमार्गमा पर्यटकले चिया बगानसँगै फागुन-चैतमा लालीगुराँससँग रम्दै समय बिताउन सक्ने उनको भनाइ थियो ।
रासस/फाइल फोटो

वि.सं.२०८० असोज ५ शुक्रवार १३:२६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...