back
CTIZAN AD

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सोनापुर मिनिरल्स

वि.सं.२०८० असोज ५ शुक्रवार

1.3K 

shares

काठमाडौंं । उद्योग प्रभावित स्थानियले सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर नकिनेपछि सर्वसाधराणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले २९ साउनदेखि २६ भदौससम्म उद्योग प्रभावित दाङ र रोल्पाको स्थानीयका लागि प्राथमिक सेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो ।

कम्पनीले स्थानियका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँ प्रतिकित्ताको दरले १५ लाख ३७ हजार ५२५ कित्ता साधारण सेयरका लागि आवेदन माग गरेको थियो । तर, उद्योग प्रभावित स्थानीयले १ लाख ३४ हजार ५२० किता मात्रै सेयर खरिद गरेपछि बाँकी रहेको १४ लाख ३ हजार ५ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीले स्थानीयका लागि छुट्याएको सेयर बिक्री नभएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि छुट्याएको भन्दा बढी सेयर बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणका लागि जारी हुने सेयरको १० प्रतिशतले हुने १० लाख ७६ हजार २६८ कित्ता सेयर छुट्याएकोमा स्थानीयले खरिद नगरेको सेयरको १० प्रतिशत समेत थप गरी १२ लाख १६ हजार ५६८ कित्ता सेयर बाँडफाँट गरेको हो । यस्तै कम्पनीले ६ लाख ८ हजार २८४ कित्ता सेयर कर्मचारीको लागि र ६ लाख ८ हजार २८४ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने १ अर्ब २३ करोड २० हजार रुपैयाँको १ करोड २३ लाख २०० कित्ता सेयर सार्वजनिक निष्कासन गर्न स्वीकृति पाएको थियो । जसमध्ये उद्योग प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको सेयर समेत थपेर सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि १४ असोजदेखि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

उक्त सेयरमा छिटोमा १७ असोज र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २८ असोजसम्म थप हुनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित सेयर निष्कासन गर्दा कर्मचारीलाई पनि प्रतिकित्ता २२५ रुपैयाँमा नै सेयर निष्कासन गरेको हो ।

सर्वसाधारण सहित वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषलाई भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाा ५० पैसा प्रिमियम सहित २३७ रुपैयाँ ५० पैसामा आईपीओ निष्कासन भएको छ । कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

वि.सं.२०८० असोज ५ शुक्रवार १३:३९ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...