back
CTIZAN AD

चिकित्सकमाथि हातपात गरेको विरोधमा चिकित्सकद्वारा स्वास्थ्य सेवा बन्द

वि.सं.२०८० असोज ९ मंगलवार

864 

shares

काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा गरेका हुन् ।

नेपाल मेडिकल कलेजले ओपीडी सेवा आज बन्द भएको जनाएको छ । अस्पताल आएका आकस्मिक बाहेकका बिरामीहरुलाई कर्मचारीहरुले आज डाक्टरहरुको हड्ताल भएको भन्दै भोलि ओपीडीमा आउन आग्रह गर्दै फर्काएका छन् ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो ।

 

वि.सं.२०८० असोज ९ मंगलवार ११:३६ मा प्रकाशित

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...