back

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

वि.सं.२०८० असोज १० बुधवार

786 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सम्झौता भएको छ । बैंक र इन्ष्टिच्युटबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता भएपश्चात चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुबैको कार्यदक्षता बृद्धि भई जोखिम न्यूनिकरण हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा बृद्धि हुने बताए ।

बैंकको हाल सातै प्रदेस ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाएको छ ।

 

वि.सं.२०८० असोज १० बुधवार १३:२४ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर काठमाडौँ ।...