back
CTIZAN AD

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८० असोज १० बुधवार

1K 

shares

काठमाडौँ । महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट व्यवस्था गरेको छ ।

बैंकका अनुसार “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीको घरदैलोमा विगत २९ वर्षदेख अनवरत रुपमा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको हो ।

बैंकले स्वास्थ्य, श्रृगार र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडिबढ्ने अभिप्रायका साथविभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्रहकले डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरेर विभिन्न सेवाहरुमाविशेष छुट प्राप्तगर्न सक्नेछन् ।

उक्त संस्थाहरु र प्राप्तगर्न सकिने छुट

सुमेरु अस्पताल धपाखेल, ललितपुरको ओ.पि.डि र आई.पि.डि सर्भिसमा १०% र फार्मेसीमा ५% छुट दिएको छ । त्यसैगरि एशियन बुद्व होटेल सिद्घार्थनगर–६ मा फुड, व्याबरेज र ग्रिल बारमा १०% र भैरहवामा स्पामा २०% छुट सेवा लिन सकिन्छ । मल्ला फेन्सी आँबुखैरेनी–३, तँनहुमा पनि फेन्सी आइटमा १०% छुट सेवा लिन सकिन्छ । रिशु ब्यूटी पार्लर हेटौंडा–४, मकवानपुरमा रु. १,००० भन्दा बढी को सर्भिसमा लिदा १०% छुट लिन सकिन्छ । ब्यूटीफुल कलेक्सन बाँसबारी, काठमाडौंमा क्लोथ प्रोड्क्सनमा १०% र ब्याग र सुजमा ५% छुट लिन सकिन्छ ।

यस किसिमको सहकार्यबाटबैंकका डेविट अथव क्रेडिट कार्ड तथामोबाइल बैंकिङ्गप्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटलयुगसँग नेपालीजनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

 

 

वि.सं.२०८० असोज १० बुधवार १३:२० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...