back
CTIZAN AD

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

वि.सं.२०८३ असार १० बुधवार

297 

shares

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् समुद्घाटन गरेका छन् ।

नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति अर्थमन्त्रीले खुशी प्रकट गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्दै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौडा उपमहानगरपालिका प्रमुख (मेयर) श्रीमती मिनाकुमारी लामा,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्री प्रमोद सिंह रानाभाट, बैंंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत यस बैंकका अन्य प्रतिनिधिहरु, बागमती प्रदेश तथा नगरपालिकाका लब्ध प्रतिष्ठित व्यतिmत्वहरुको गरिमामय उपस्थिति रहेको सो समुद्घाटन कार्यक्रम मार्फत् नेपाल बैक, यस क्षेत्रको अग्रणी बैंक रहेकोे तथा अपाङ्गता मेैत्री सेवा समेत समेट्ने गरी उत्कृष्ट सेवा प्रदान गर्न लागेको प्रति खुशी प्रकट गर्दै थप प्रभावकारी सेवा प्रवाहको लागि शुभकामना व्यक्त गरेका थिए ।

नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई दक्ष जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

 

 

वि.सं.२०८३ असार १० बुधवार १५:४० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...