back
CTIZAN AD

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वि.सं.२०८३ असार १० बुधवार

57 

shares
वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आज महानगरको २०औँ नगरसभामा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रमम प्रस्तुत गर्दै डिजिटल, सुशासनयुक्त महानगर, नागरिक–केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त स्थान, उद्यमशीलता र लगानीको केन्द्र, तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताए ।
त्यसैगरी, आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रमले दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक तथा गुणस्तरीय शहरी पूर्वाधार निर्माण, सुरक्षित र व्यवस्थित बस्ती विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, कृषि तथा उद्यम विकास, लगानी तथा पर्यटन प्रवद्र्धन, सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकासलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको प्रमुख आलमले उल्लेख गरे ।
साथै, महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि, प्रक्रियागत पुनसंरचनामार्फत सेवा प्रवाह सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन तथा सार्वजनिक स्रोतसाधनको पारदर्शी र परिणाममुखी परिचालनलाई पनि विशेष जोड दिएको छ । प्रमुख आलमले भने, “कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गरिनेछ, मुख्य खाद्यान्नबाली गहुँको उत्पादकत्व बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने व्यवस्थालाई महत्त्वका साथ निरन्तरता दिइनेछ ।”
महानगरले जलवायु परिवर्तन तथा रसायनिक मलको उच्चतम प्रयोगका कारण कृषि क्षेत्रमा सिर्जित जोखिम र बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि तथा कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । कृषकलाई नवीन प्रविधिसँग जोड्न बर्षे र हिउँदे मिनीकिट तथा सहरी क्षेत्रमा च्याउ खेती प्रवद्र्धनका लागि च्याउको बीउ वितरण कार्यक्रमलाई प्राथमिकता भने महानगरले भनेको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, “दिगो विकासको लक्ष्य अनुरूप गुणस्तरीय शिक्षा सुचिश्चित गर्न महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको मूल धारबाट कुनै पनि बालबालिकालाई बञ्चित हुन नदिन खास विद्यार्थी भर्ना दरलाई शतप्रतिशत बनाउन निरन्तर समन्वय, सहकार्य, अनुगमन तथा मूल्याङ्कन कार्यमा तीव्रता ल्याइनेछ ।”

वि.सं.२०८३ असार १० बुधवार १५:२० मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...