काठमाडौं । आइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले असोज २८ गते घटस्थापनाको दिन काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
बैंकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
वि.सं.२०८० असोज १५ सोमवार १३:१६ मा प्रकाशित





























