back
CTIZAN AD

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी

वि.सं.२०८० असोज १५ सोमवार

1.3K 

shares
कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजङ्ग शाह विजयी भएका छन् ।
शाहले तीन सय ६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे भने अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे ।
उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे ।
त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएका छन् । उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरेका छन् ।
महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी हुनुभयो भने उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरे । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

वि.सं.२०८० असोज १५ सोमवार २२:१६ मा प्रकाशित

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...