back
CTIZAN AD

भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउन एमाले तयार छ : महासचिव पोखरेल

वि.सं.२०८० असोज १५ सोमवार

1.1K 

shares

कास्की । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे ।

देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको उनको भनाइ छ । उनले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताए । “अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी सङ्कटमा परेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन”, पोखरेलले भने ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्षमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरे । उनले भने, “म यहीँबाट घोषणा गर्छु, यो पार्टीमा अझै १० वर्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प छैन । पार्टीमा अहिले एउटै केन्द्र छ । जसका कारण एमालेले सबै पालिकामा एकैपटक अधिवेशन गर्न सफल भयो, यो पार्टीमा एकीकृत र केन्द्रिकृत नेता हुँदाको परिणाम हो ।” उपमहासचिव गुरुङले नयाँ राजनीतिक दलसँग कुनै योजना, दर्शन र कार्यक्रम नरहेको जिकिर गरे ।

एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले युवाशक्ति देश छाडेर गइरहेकोमा चिन्ता व्यक्त गरे ।

वि.सं.२०८० असोज १५ सोमवार २१:५५ मा प्रकाशित

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

समयमै शुल्क नतिरे बन्द हुन सक्छ तपाईंको डिम्याट खाता

काठमाडौं, । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले समयमै डिम्याट (हितग्राही)...

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त...

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

काठमाडौं, । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...