back
CTIZAN AD

बागमती सरकारबाट औपचारिक रूपमा बाहिरियो एमाले

वि.सं.२०८३ साउन ६ बुधवार

216 

shares

काठमाडौं, । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएसँगै एमाले औपचारिक रूपमा सरकारबाट बाहिरिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका हुन्।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्यमन्त्री डा. दिनेशचन्द्र देवकोटा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुसूदन पौडेल तथा युवा तथा खेलकुदमन्त्री जयराम थापा रहेका छन्।

एमालेका मन्त्रीहरूको सामूहिक राजीनामासँगै बागमती प्रदेशको सत्ता समीकरण औपचारिक रूपमा परिवर्तन भएको छ। अब मुख्यमन्त्रीले बाँकी गठबन्धनको समर्थनका आधारमा सरकारलाई निरन्तरता दिने वा मन्त्रिपरिषद् पुनर्गठनमार्फत नयाँ राजनीतिक समीकरण बनाउने विकल्पमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ।

एमाले मन्त्रीहरूको सामूहिक राजीनामापछि बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, मन्त्रालय बाँडफाँट र नयाँ गठबन्धन निर्माणबारे राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ साउन ६ बुधवार १२:०२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...