back
CTIZAN AD

कीर्तिपुर कार आगलागी प्रकरण : सिसिटिभीदेखि घटनास्थलका प्रमाणसम्मले देखायो आत्मदाह, अरूको संलग्नता नदेखिएको प्रहरी निष्कर्ष

वि.सं.२०८३ साउन ६ बुधवार

189 

shares

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको मृत्यु आत्मदाहबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

घटनास्थलबाट संकलित प्रमाण, सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान र प्रारम्भिक प्राविधिक अनुसन्धानले घटनामा अन्य व्यक्तिको संलग्नता नदेखाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मंगलबार बिहान ११ः२० बजे श्रेष्ठ आफैंले बा.५ च ३०३८ नम्बरको कार चलाएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुगेका थिए। सडकबाट केही पर रहेको खाली जग्गामा कार रोकेपछि केहीबेरमै कारभित्र आगो बल्न थालेको देखिएको थियो ।

घटनास्थल नजिक रहेका एक युवकले आगो देखेपछि कारको अगाडिको ढोका खोल्ने प्रयास गरेका थिए। तर चालकतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलिएपछि उनी पछि हटेको दृश्य सिसिटिभी फुटेजमा कैद भएको प्रहरीले जनाएको छ । त्यसपछि पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर चालक सिटमै श्रेष्ठको शव फेला पारेको थियो ।

काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानमा बाह्य व्यक्तिको संलग्नता पुष्टि हुने कुनै आधार फेला परेको छैन । उनका अनुसार घटनाका सबै पक्षमाथि अनुसन्धान गरिए पनि उपलब्ध प्रमाणहरूले आत्मदाहतर्फ नै संकेत गरेका छन् ।

प्रहरी अनुसन्धानले श्रेष्ठ पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको देखाएको छ। लामो समयदेखि औषधि व्यवसायमा संलग्न उनी कोरोना महामारीपछि व्यापारमा ठूलो घाटा बेहोरेर ऋणको दबाबमा परेका थिए। पारिवारिक स्रोतका अनुसार आर्थिक अवस्थाले उनी लामो समयदेखि तनावमा थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले प्रारम्भिक अनुसन्धानले आर्थिक समस्या र त्यसबाट उत्पन्न मानसिक तनाव घटनाको प्रमुख कारण हुन सक्ने देखिएको बताए ।

यातायात व्यवस्था विभागको अभिलेखअनुसार श्रेष्ठले प्रयोग गरेको कार २०६२ साल कार्तिक २७ गते नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको थियो । उक्त सवारी सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ भने प्राप्त प्रतिवेदनपछि घटनाको अन्तिम अनुसन्धान प्रतिवेदन तयार गरिनेछ ।

वि.सं.२०८३ साउन ६ बुधवार १२:११ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...