back
CTIZAN AD

सम्झौता भएका अस्पतालमा मात्र उपचार गर्न सामाजिक सुरक्षा कोषको आग्रह

वि.सं.२०८३ साउन ६ बुधवार

222 

shares

काठमाडौं । सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त गर्दा कोषले तोकेको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना तथा दुर्घटना एवं अशक्तता सुरक्षा योजना अन्तर्गतका सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो।

कोषका अनुसार स्वास्थ्य उपचार सेवा लिन योगदानकर्ताले कोषसँग सम्झौता भएका अस्पतालमा मात्र उपचार गराउनुपर्नेछ। यस्ता अस्पतालहरूको विवरण सामाजिक सुरक्षा कोषको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

त्यस्तै, अस्पताल जानुअघि योगदानकर्ता, पति/पत्नी तथा छोराछोरीको KYC विवरण अद्यावधिक गर्नुपर्ने र उपचारका क्रममा सामाजिक सुरक्षा कोषले जारी गरेको परिचयपत्र (भौतिक वा भर्चुअल कार्ड) अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको उल्लेख छ।

कोषले सम्झौतामा आबद्ध अस्पतालहरूले कुनै पनि बहानामा विशेषज्ञ चिकित्सकबाट सेवा दिन अस्वीकार गर्ने, चिकित्सकले सिफारिस गरेका औषधि उपलब्ध नगराउने, शल्यक्रियामा अतिरिक्त शुल्क असुल्ने, ओपीडी सेवा समय घटाउने वा सामान्य बिरामी र कोषका लाभग्राहीबीच विभेदपूर्ण व्यवहार गरेमा तत्काल कोषलाई जानकारी गराउनसमेत आग्रह गरेको छ। गुनासा तथा जानकारीका लागि मोबाइल नम्बर ९८५१३४५८१४, कल सेन्टर १११६, इमेलस् claim@ssf.gov.np, ह्वाट्सएपस् ९८५१३४५८१४ तथा फोन नम्बर ०१–५३६०३१५ मार्फत सम्पर्क गर्न भनेकाे छ ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताले तोकिएको प्रक्रिया पालना गरेमा कोषले निर्धारण गरेको दररेटअनुसार सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने जनाएको छ।

वि.सं.२०८३ साउन ६ बुधवार १२:१३ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...