back
CTIZAN AD

टिपर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

वि.सं.२०८० असोज १६ मंगलवार

990 

shares

काठमाडौं । दैलेखमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुल्लु नगरपालिका-७ घर भएका ३३ वर्षीय टिपर चालक भुपेन्द्र थापा रहेका छन् ।

तल्लो डुंगेश्वर-दुल्लु सडक खण्डको दुल्लु नगरपालिका-१ टिमेली पानीमा टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सोमबार राती करिव ८ बजेतिर तल्लो डुङ्गेश्वरबाट बालुवा लिएर दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बर टिपर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।

टिपरमा सवार अन्य दुई जना घाइते छन् ।  घाइते हुनेमा दुल्लु नगरपालिका-७ का ३५ वर्षीय चन्द्रबहादुर थापा र ऐरावती गाउँपालिका प्युठान घर भएका ३० वर्षीय मुक्तप्रसाद उपाध्याय रहेका छन्।

उनीहरुलाई थप उपचारको लागि दुल्लु अस्पतालले गएराती नै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको छ।

घटना लगत्तै प्रहरी चौकी तल्लो डुंगेश्वर र ईलाका प्रहरी कार्यालय दुल्लुको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेको थियो ।

वि.सं.२०८० असोज १६ मंगलवार १२:०५ मा प्रकाशित

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका...

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...