back
CTIZAN AD

एनआरएनए मकाउको गम्भीर ध्यानाकर्षण

वि.सं.२०८० असोज १६ मंगलवार

993 

shares

काठमाडौं । मकाउका किनारा पसलबाट नेपाली राहदानी नविकरण हुने गरेको भन्ने समाचारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनए मकाउले समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको छ ।

हङकङस्थित नेपाली महावाणिज्य दूतावासले एनआरएनए मकाउसँग समन्वय गरी एनआरएनए मकाउकै कार्यालयबाट कन्सुलर सेवा दिँदै आएको भएपनि महावाणिज्य दूतावासको उपस्थितिबिना कुनै काम नभएको एनआरएनए मकाउको दाबी छ । महावाणिज्य दूतावासले मकाउमा महिनामा कम्तिमा दुई दिन मात्रै यस्तो सेवा दिने गरेको एनआरएनए मकाउको भनाई छ ।

व्यक्तिको व्यवसायीक फर्मबाट कन्सुलर सेवा दिइएको र रकम असुलिएको भन्ने विषयको एनआरएनए मकाउले खण्डन गरेको छ । सेवाग्राहीले फोटोकपी, प्रिन्ट, स्क्यानलगायतका सेवा व्यक्तिगत फर्मबाट लिने गरेको भएपनि कन्सुलरसम्बन्धीत सेवा दूतावासको उपस्थितिमा एनआरएनए मकाउको कार्यालयबाट मात्रै लिने गरेको एनआरएनए मकाउको दाबी छ ।

महावाणिज्य दूतावासका कर्मचारी आएको समयमा मात्रै कन्सुलर सेवा स्वयम् कर्मचारीबाट उपलब्ध गराइने गरिएको भन्दै एनआरएनए मकाउले आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ ।

यस्तो छ एनआरएनए मकाउको प्रष्टीकरण

 

वि.सं.२०८० असोज १६ मंगलवार १४:०५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...