back
CTIZAN AD

गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ हो : सञ्चारमन्त्री शर्मा

वि.सं.२०८० असोज १७ बुधवार

1.7K 

shares

काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताए ।

“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उनले भनिन् “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताइन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गरेका थिए । जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको प्रवक्ता शर्माको भनाइ छ ।

“जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद्ले निर्णय गरिसकेको हुनाले यस सन्दर्भमा अनावश्यक द्वेष फैलाउने कार्य ‘खोला तर्ने, लौरो बिर्सने’ जस्तै हो”, उनले भने, “एमालेसमेतको सरकारले उक्त निर्णय गरेको हो, जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय रहेन ।”

सामाजिक सञ्जालमा हुने दुरुपयोगबाट पैदा भएको समस्याका सम्बन्धमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सरकार सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने कानुन निर्माणको प्रक्रियामा रहेको बताइन् । “सरकारले कानुनलाई टेकेर मात्रै काम गर्नुपर्ने हुन्छ, हामी तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा छौँ”, उनले भनिन् “यससम्बन्धी निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छ, आउने मन्त्रिपरिषद् बैठकबाट त्यो पारित हुन्छ ।”

 

वि.सं.२०८० असोज १७ बुधवार १८:५० मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...