back
CTIZAN AD

शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सवै पक्षलाई आयोगको अपिल

वि.सं.२०८० असोज १७ बुधवार

1.3K 

shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेकोे विज्ञप्तिमा भनिएको छ, “घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ ।” बाँकेको नेपालगञ्जमा हिजो भएको घटनामा पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको विषयमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालाका लागि निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगञ्जमा असोज १५ गते बसेको सर्वदलीय र सर्वपक्षी बैठकको निर्णयअनुसार असोज १६ गते बिहान सद्भाव र्याली निकालिएको थियो । तर सोही दिन दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाभित्र अनिश्चितकालका कर्फ्यू जारी गरिएको थियो ।

 

वि.सं.२०८० असोज १७ बुधवार १९:३४ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...