back
CTIZAN AD

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प

वि.सं.२०८० असोज १८ बिहीवार

1.1K 

shares

ढोरपाटन (बागलुङ) । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो । मङ्गलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनकोे भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिए । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनकोे भनाइ छ ।

सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताए । काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधान पनि सडकमा रोकिएका थिए ।

यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलबार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए ।

 

वि.सं.२०८० असोज १८ बिहीवार ११:४० मा प्रकाशित

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...