काठमाडौं । प्यालेस्टाइनको विद्रोही समुह हमासद्वारा इजराइलमाथि भएको आक्रमणमा परि नौ जना नेपाली घाईते भएका छन् ।
परराष्ट्र मन्त्रालयले हमासले गरेको रकेट आक्रमणमा परि नौ जना नेपाली घाईते भएको र ती मध्ये दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिएको हो ।
शनिबार बेलुका परराष्ट्र मन्त्रालयमा बसेको आकस्मिक बैठकले इजरायलमा भएको सो घटनाको जानकारी गराएको हो ।
‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए । यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ शनिबार बेलुका
इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपालीहरु बसेको शेदेत नेगेवका बस्तिहरुमा हमासले निरन्तर आक्रमण गरिररहेको र त्यसमध्ये एक ठाउँमा काम गरिरहेका १४ नेपाली मध्ये ९ जना घाईते भएको जानकारी दिएकी छन् ।
राजदूत रिजालले घाईतेहरुको नाम काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले जानकारी दिने बताएकी छन् । दूतावासका अनुसार हाल इजरायलमा विभिन्न क्षेत्रमा ४५ सय नेपाली कार्यरत छन् । दूतावासले आक्रमणबाट जोगिन सुरक्षित ठाउँमा जान र सुरक्षित रहन समेत अपिल गरेको छ ।

वि.सं.२०८० असोज २० शनिवार २०:२४ मा प्रकाशित






























